बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदा चालकको मृत्यु, पाँचजना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदा चालकको मृत्यु, पाँचजना घाइते
नवलपुर, जेठ १९ :

नवलपरासी पूर्वमा स्कुल भ्यान र एम्बुलेन्स ठोक्किँदाएक जनाको मृत्यु भएको छ । अन्य पाँचजना घाइते भएका छन् ।

दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका १ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) मधु नेपालका
अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली २, दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान सोमबार बिहान ठोक्किएका हुन् ।

बुटबलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना.४च १६४६ नम्बरको एम्बुलेन्स र रजहरबाट दुम्कौलीतर्फ जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीको बा.२०च ७२ नम्बरको स्कुल भ्यान आपसमा ठोक्किएका हुन् ।

प्रहरी नायब उपरीक्षक नेपालका अनुसार दुर्घटनामा घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार