
काठमाडौं, जेठ २० :
डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने निर्णय विरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदैछ ।
गत जेठ १२ गते पौडेलको नियुक्ति विरुद्ध अधिवक्ताहरू विशाल थापा,प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
गभर्नर नियुक्ति विरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।