
काठमाडौं, जेठ २० :
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड भएको छ ।
जेठ १४ मा नेविसंघ निकट विद्यार्थीहरूले स्नातक भर्ना खुलाउन माग गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका थिए। उपकुलपति केसी कार्यकक्षमा नरहेको बेला घटना भएको थियो। तोडफोड प्रकरणमा प्रहरीले किटानी जाहेरी माग गरेको छ।
त्रिविले अनुसन्धानका लागि प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएको भए पनि किटानी जाहेरी नआएको भन्दै प्रहरीले पत्रमार्फत माग गरेको छ। घटनाको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ।