बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

८१ करोडको अनलाइन जुवामा संलग्न ५ भारतीयसहित १७ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० जेठ, २०८२ मा प्रकाशित
८१ करोडको अनलाइन जुवामा संलग्न ५ भारतीयसहित १७ जना पक्राउ
काठमाडौं, जेठ २० :

अनलाइन डेटिङ साइटमार्फत विभिन्न देशका व्यक्तिलाई जुवा खेलाउने गिरोहका १७ जना सदस्य पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर ५ जना भारतीय र १२ जना नेपाली नागरिकलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गर्दै अनलाइन सट्टाबाजी गराउने गरेका थिए। उनीहरूको साथबाट बरामद गरिएको ल्यापटप र मोबाइलको प्रारम्भिक अनुसन्धानबाट करिब ८१ करोड ४७ लाख रुपैयाँबराबरको जुवा कारोबार भएको खुल्न आएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार