आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार विदेश

बाढीका कारण असममा १५०० भन्दा बढी गाउँ डुबान, मृतकको संख्या १८ पुग्यो

जनधनको क्षति बढ्दै, ६ लाख ३३ हजारभन्दा बढी सर्वसाधारण प्रभावित हुँदा ४० हजार विस्थापित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
बाढीका कारण असममा १५०० भन्दा बढी गाउँ डुबान, मृतकको संख्या १८ पुग्यो
गुवाहाटी, जेठ २१ :

निरन्तरको वर्षापछि भारतको असममा आएको बाढीका कारण अवस्था झनै बिग्रँदै गएको छ । बाढीको पानी विभिन्न क्षेत्रमा पुगिरहेको छ, जसका कारण जनधनको क्षति हुने क्रम पनि बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

असम राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक प्रतिवेदनमार्फत भनेको छ कि- राज्यका २१ जिल्लामा अहिले १५०६ गाउँ बाढीमा डुबेका छन् । पछिल्लो चौबीस घण्टामा बाढीमा डुबेर राज्यमा थप ६ जनाको मृत्यु भएको छ । यसरी पछिल्लो ५ दिनमा असम राज्यमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

विपद् विभागले मंगलबार साँझ बाढीको अवस्थाबारे जारी गरेको प्रतिवेदनअनुसार यस समयमा राज्यमा ६ लाख ३३ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । जबकि बाढीमा सबैथोक गुमाएका करिब ४० हजार विस्थापितलाई राज्यका विभिन्न भागमा खोलिएका ५११ राहत शिविरमा राखिएको छ ।

श्रीभूमि जिल्ला (पहिले करिमगन्ज) मा मात्र ९४ हजारभन्दा बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् ।

पछिल्ला केही दिनदेखि निरन्तर वर्षाका कारण पूर्वोत्तरका धेरै राज्यहरू बाढी र पहिरोको चपेटामा परेका छन् ।

मणिपुरमा पनि बाढीको अवस्था चिन्ताजनक छ । जहाँ १.६ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

भारतीय मौसम विज्ञान विभागले जुन ५ सम्म असमका साथै मेघालय, नागाल्यान्ड, मणिपुर, मिजोरम र त्रिपुरामा भारी वर्षा जारी रहने चेतावनी दिएको छ । -बीबीसी
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार