शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति भिडियो

यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)

प्रहरी र सेनामा बढुवा, कानुन विधेयकका सिद्धान्त स्वीकृत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ जेठ, २०८२ मा प्रकाशित
यस्ता छन् मन्त्रिपरिषद्का १४ निर्णय (सूचीसहित)
काठमाडौं, जेठ २१ :

सरकारले मन्त्रिपरिषद् बैठकमा भएका १४ वटा निर्णयहरू सार्वजनिक गरेको छ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गरी जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धि बिक्रम शाहलाई बढुवा गर्ने निर्णय गरेको छ।

यस्तै, नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारले यही २०८२ साल जेठ २८ देखि ३० गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना हुने सम्मेलनमा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, भौतिक पूर्वाधार सडक सुरक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृति दिने निर्णय सरकारले गरेको छ।सञ्चार तथा सूचना हुलाक सेवासम्बन्धी विधेयक तर्जुमा गर्न पनि मन्त्रिपरिषद्ले सिद्धान्त स्वीकृति दिएको छ।

यस्ता छन् थप निर्णय :

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार