शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति कोसी प्रदेश भिडियो

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : गगन थापा

‘सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र अहिले भइरहेका कामको समीक्षा गर्नुपर्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : गगन थापा
विराटनगर, जेठ २३ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (शुक्रबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनुअगावै क्रियाशील सदस्यको विषय टुंगो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए ।

कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार