शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

सक्रिय न्युज · ५२ मिनेट अगाडि प्रकाशित
हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडौं, कात्तिक ७ :

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको छ । त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।  

महाशाखाले कात्तिक ८ गते दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने बताएको छ । त्यसैगरी देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना  रहेको जनाएको छ ।

त्यसैगरी आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

त्यसैगरी कात्तिक ९ गते सोमबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने छ । सोही दिन देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार