बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

सुन्धारा र धरहरा संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीय बासिन्दाको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ जेठ, २०८२ मा प्रकाशित
सुन्धारा र धरहरा संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीय बासिन्दाको आग्रह
काठमाडौं, जेठ २३ :

प्रधानमन्त्री केपी ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

काठमाडौंको महानगरपालिकाको २२ नम्बर वडाका अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीय बासिन्दाको प्रतिनिधि मण्डलले बालुवाटारमा शुक्रबार गरेको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैंचा, मुद्रा तथा भूकम्प संग्रहालय र देशकै सबैभन्दा ठुलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गरेकामा आभार व्यक्त गरियो ।

सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी संचय कोषले २०४४ सालमा दुईतले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रुपले चौबीसै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा क्षति भएपछि स्थानीयको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो । पछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सापासको प्रक्रिया पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्ने गरी सम्झौता भएको थियो ।

अहिले सुन्धाराको पानी निकासको भूमिगत ढलमा जथाभावी सामान बगाइएकाले भित्र पानी बग्नै नसक्ने गरी अवरोध भएकाले त्यसलाई खुलाउन स्रोत-साधन अभाव भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री ओलीले उक्त सम्पदा संरक्षणका लागि केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरण हुने विश्वास दिलाउँदै काठमाडौं महानगरपालिकाभित्र सम्पदा र संस्कृतिको संरक्षणका विषयमा संस्थागत पहल हुनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार