बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

· शनिबार, २४ जेठ, २०८२ मा प्रकाशित
बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
बाजुरा, जेठ २४ :

जिल्लाको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।

बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताउनुभयो ।

उहाँका अनुसार टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ । मर्मत टोली आइतबारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताउनुभयो । त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीको भनाइ रहेको छ ।

इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार