आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति बागमती प्रदेश

नेता शेखर कोइराला भन्छन्- सत्ताको चाबी एमालेसँग छ, त्यो कांग्रेसले लिनुपर्छ

‘गलतलाई गलत भन्न नसक्ने कांग्रेस कार्यकर्ता होइनन्’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २४ जेठ, २०८२ मा प्रकाशित
नेता शेखर कोइराला भन्छन्-  सत्ताको चाबी एमालेसँग छ, त्यो कांग्रेसले लिनुपर्छ
भक्तपुर, जेठ २४ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सरकारमा भए पनि सत्ताको चाबी एमालेको हातमा रहेको टिप्पणी गरेका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले देश अप्ठेरो परिस्थितिमा रहेको बताउँदै अराजकताबाट जोगाउन कांग्रेस मात्रै सक्षम रहेको दाबी गरे।

‘हामी सरकारमा छौं, तर सत्ता हाम्रो हातमा छैन,’ उनले भने, ‘सरकार र सत्ता फरक कुरा हुन्। सत्ताको चाबी एमालेसँग छ, त्यो हामीले लिनै पर्छ।’

कांग्रेसलाई मध्यममार्गी पार्टीको रूपमा प्रस्तुत गर्दै उनले यस्तो पार्टी कमजोर हुँदा देश अराजकतामा जाने उल्लेख गरे।

एमालेलाई भोलिको मुख्य प्रतिस्पर्धी बताउँदै उनले गलतलाई गलत भन्न नडराउन पनि कार्यकर्तालाई आग्रह गरे। ‘गलतलाई गलत भन्न नसक्ने कांग्रेस कार्यकर्ता होइनन्’ कोइरालाले स्पष्ट पारे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार