
गोरखा, जेठ २४ :
विगत केही दिनदेखि भएको हिमपातका कारण गोरखाको उत्तरी भेकमा यार्सागुम्बा टिप्न गएकाहरु बिचल्लीमा परेका छन् ।
यस भेकका बासिन्दाहरुको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न गएकाहरु भारी हिमपातले गर्दा बिचल्लीमा परेको यार्सा संकलक पेम्बा छिरिङ लामाले बताएका छन् ।उनीहरु गत वैशाख महिना देखि यार्सागुम्बा टिप्नका लागि लेक मै अस्थाई रुपमा बस्नको लागि बासको व्यवस्था गर्ने गर्दछन् ।
घरमा ताला लगाएर आफुहरुसंग भएका गाई,गोरु,कुकुर ,कुखुरा समेत लाने गरेको उनीहरु बताउछन्। तर लगातार तिन चार दिनदेखि परेको हिमपातले गर्दा कतिपय हिऊ छल्नका लागि घरमा आएका छन भने धेरैजसो हिऊ पर्न रोकिने आशामा लेकमै बासिरहेका छन।