बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

उपमेयर डंगोलको गुनासो : संघले स्थानीय तहको राजस्व स्रोत खोस्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
उपमेयर डंगोलको गुनासो : संघले स्थानीय तहको राजस्व स्रोत खोस्यो
फाइल तस्बिर।
काठमाडौं, जेठ २६ :

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्थानीय तहहरू अझै संघीय सरकारमा निर्भर रहनुपर्ने बाध्यता रहेको गुनासो गरेकी छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारको अनुदानमै आधारित हुने बताउँदै हाल पनि ८० प्रतिशतभन्दा बढी बजेट अनुदानमै निर्भर हुने जानकारी दिइन्।

उनका अनुसार संविधानले स्थानीय तहलाई बाहल कर एकल अधिकारका रूपमा दिए पनि संघीय सरकारले संस्थागत बाहल करलाई आयकरका रूपमा उठाउँदै आएकोले स्थानीय तहको राजस्व स्रोतमा प्रत्यक्ष असर परेको छ।

उपमेयर डंगोलले पालिकाहरूको राजस्व संकलन क्षमता अझै कमजोर रहेको स्वीकार गरिन्। साथै, विद्यालय तहको शिक्षामा स्थानीय तहलाई एकल अधिकार दिइए पनि संघीय सरकारबाट त्यो अधिकार खुम्च्याउने नीति आएको आरोप समेत लगाइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार