सोलुखुम्बु, जेठ २७ :

आत्महत्या गर्छु भन्दै गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले उद्दार गरेको छ ।  छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटकको प्रहरीले आज बिहान उद्धार गरेको हो ।

हुवाङले ११ जुनका दिन आफ्नो ३६ औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ।

प्रहरी घटनास्थल पुग्दा उनलाई गोक्योको ‘टंक इन होटल’का सञ्चालकले सम्झाउँदै राखेका थिए । उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ ।