बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश गण्डकी प्रदेश

मुुलुक पुरानो व्यवस्थामा नफर्कने: प्रचण्ड

· बुधबार, २८ जेठ, २०८२ मा प्रकाशित
मुुलुक पुरानो व्यवस्थामा नफर्कने: प्रचण्ड
म्याग्दी, जेठ २८ :

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताउनुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञान प्रकाश नमूना माध्यमिक विद्यालयले आज  आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताउनुभएको हो ।

“यो व्यवस्थाका कमी कमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ”,उहाँले भन्नुभयो । साथै उहाँले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको बताउनुभयो ।

कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्ना तर्फबाट हर सम्भव प्रयास हुने अध्यक्ष दाहालले बताउनुभयो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार