काठमाडौं, जेठ २८ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १३.६९ अंकले घटेर २,६६४.४७ अंकमा झरेको छ । यसैगरी (क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.६८ अंकले घटेर ४५६.०८ अंकमा पुगेको छ ।

बुधबार ३०७ कम्पनीको ८१ हजार सात सय तीन पटकको कारोबारमा दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भए । जसअनुसार ९ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५ रुपैयाँको कारोबार भयो ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा जलविद्युत् समूहको सूचक ४०.८४ अंकले बढेर ३,६३२.९० अंकमा पुगेको छ भने बाँकी सबै समूहका सूचक राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी कम्पनी लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सप्तकोसी डेभलपमेन्ट बैंक परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने राधी जलविद्युत कम्पनी पहिलो स्थानमा परेको छ । राधीको अन्तिम कारोबार मूल्य ८४९ रुपैयाँ कायम रह्यो ।