बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

५ महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
५ महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
चितवन, जेठ २९ :

चितवनमा गत पाँच महिनामा ५२ नयाँ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । तीमध्ये २३ स्थानीय हुन भने अन्य स्थानान्तरण भई आएका हुन ।

भरतपुर अस्पतालमा रहेको एएचएफ नेपालमा दर्ता भएका सङ्क्रमितमा उनीहरु नयाँ थपिएका हुन । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाका अनुसार अस्पतालमा रहेको यस फाउण्डेसनमा सन् २०२५ को पाँच महिनामा ती बिरामी थपिएका हुन ।

अस्पतालमा आएर परीक्षण गरेका र समुदायस्तरमा परीक्षण गरिएका २३ जना हुन । अहिले यस केन्द्रमा नियमित औषधि खानेको सङ्ख्या एक हजार एक सय ८८ जना रहेको छ ।

उनले भने,‘यहाँ औषधि सेवन गर्नेमध्ये जिल्लाको माडीको बघौडा अस्पताल र मध्यविन्दु अस्पताल डण्डामा केही स्थानान्तरण भएर गएका छन् ।’ ती दुई केन्द्रमा ५५ जना बिरामी स्थानानतरण भई औषधि लिँदै आएका छन् । ती केन्द्रमा सेवा लिनका लागि कठिन भयो भनेर पुनः भरतपुर अस्पतालको यस सेन्टरमा आउने पाँच जना रहेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले यहाँबाट नियमित औषधि सेवन गर्ने बिरामी मध्ये ५८२ जना पुरुष, ५५८ जना महिला रहेका छन् ।

यस्तै ३० जना बालबालिका र १८ जना तेस्रो लिङ्गी रहेको उनले जानकारी दिए । नियमित औषधि सेवन गर्ने बिरामीलाई अस्पतालले अन्य सेवा समेत दिने गरेको छ । उनका अनुसार अस्पतालमा अएका सङ्क्रमित बिरामीका कुरुवालाई खाना खाजाको व्यवस्था, उपचारमा सहयोग, आवश्यकता अनुसार एम्बुलेन्समा सहयोग, असाहायको लागि खाध्यान्न सहयोग गर्दै आएको छ । यस फाउण्डेसनसंगै अन्य फाउण्डेसनमा पछिल्ला समय भाइरल लोडमा समस्या आएको उनले बताए ।

भाइरल लोडका लागि आवश्यक किटको अभावले समस्या देखिएको फिजिसियन डा सापकोटाले बताए । उनले भने ‘अहिले तत्कालका लागि समस्या समाधान भए पनि अझै एक महिना कसरी व्यवस्थापन गर्ने भन्ने छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार