मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति

संवैधानिक परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
संवैधानिक परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं, जेठ ३० :

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ ।

राष्ट्रियसभाको आजको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री बलराम अधिकारीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारले गरेको कामको अनुभूतिको आधारमा सैवैधानिक परिषद्सम्वन्धी विधेयक ल्याउनु परेको बताए ।

सो विधेयकमाथिको छलफलमा सांसद गोपाल भट्टराई, भुवनबहादुर सुनार, कृष्णबहादुर रोकाय, विष्णुबहादुर विश्वकर्मा र सुरेशकुमार आले मगरले भाग लिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक अगामी असार ५ गते दिउँसो १ बजे र १५ मिनेटमा बस्ने भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार