बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश कोसी प्रदेश

उदयपुरमा महिलाको घाँटीबाट सिक्री चोरेर भाग्दै गरेका युवक पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३१ जेठ, २०८२ मा प्रकाशित
उदयपुरमा महिलाको घाँटीबाट सिक्री चोरेर भाग्दै गरेका युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
उदयपुर, जेठ ३१ :

 उदयपुरको चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारमा महिलाको घाँटीबाट सुनको सिक्री चोरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति वीरगन्ज महानगरपालिका–२० का १९ वर्षीय सचिन राजपूत हुन्। उनले बेल्टार बजारमा दुई महिलाको क्रमशः १२ आना र १० आना तौल भएको सुनको सिक्री थुतेर भागेका थिए।

पीडित महिलाहरूले तुरुन्तै घटनाबारे प्रहरीलाई जानकारी दिएपछि प्रहरी चौकी बसाहको टोली परिचालन भएको थियो। सोही टोलीले राजपूतलाई खाजतर्फ भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार राजपूतलाई हाल इलाका प्रहरी कार्यालय बेल्टारमा राखी घटनाको थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार