
काठमाडाैं, जेठ ३१ :
रास्वपाकी सांसद सुमना श्रेष्ठले संसद्ले बनाउने कानुन अन्तिममा संघसंस्थाले बदल्ने हो भने सांसदको काम के हो? भनेर गुनासो गरेकी छन्।
शनिबार शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिको बैठकमा उनले भनिन्, ‘हामी छलफल गरेर कानुन बनाउँछौं, तर अन्त्यमा संघसंस्थाको मागअनुसार फेरिन्छ भने संसद्को कामको के अर्थ?’
उनले नेताहरू भाषण त दिन जान्ने तर कुन कानुन कुन ठाउँमा लाग्छ भनेर नबुझ्ने अवस्था रहेको पनि बताइन्।
श्रेष्ठले शिक्षकहरूका बारेमा पटक–पटक तथ्यांक माग्दा पनि नपाएको गुनासो गरिन्। उनले भनिन्, ‘विभिन्न प्रकारका शिक्षक छन्, तर तिनीहरूको मापदण्ड के हो भनेर अहिलेसम्म जानकारी आएको छैन।’
उनले भनिन्, ‘हामी काम गर्छौं, तर अन्तिममा बाहिरको दबाबमा सबै कुरा बदलिन्छ भने संसद् र गणतन्त्रको अर्थ नै छैन।’