मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गर्दै आएका छन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ असार, २०८२ मा प्रकाशित
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असार २ :

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।

विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए ।

 विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा.डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ  गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे ।

असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए ।

निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको जानकारी दिए ।

गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार