काठमाडौं, असार २ :

राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत  तथा सिँचाइमन्त्री दीपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।

शीतलनिवास बोलाएर मन्त्री खड्कासँग सोमबार जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् । पौडेलले १४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माणको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १२६ मेघावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले जलविद्युत् परियोजनाको योजनाबद्ध विकासबारे पनि  चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।