काठमाडौं, असार २ :
राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।
शीतलनिवास बोलाएर मन्त्री खड्कासँग सोमबार जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् । पौडेलले १४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माणको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएको स्वकीय सचिवालयले जनाएको छ ।
यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १२६ मेघावाटको तल्लो सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले जलविद्युत् परियोजनाको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ