बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश लुम्बिनी प्रदेश

जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

· मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
पाल्पा, असार ३ :

पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा  परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आउनुभएका ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । उहाँका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का  ३० वर्षीय राजु खड्का गम्भीर घाइते हुनुभएको छ ।  खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी सडकदेखि  ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार