बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र कर्पोरेट

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय महिला पक्राउ

सुन तीनवटा डल्लाको रूपमा प्लास्टिकले बेरिएको अवस्थामा भेटिएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ असार, २०८२ मा प्रकाशित
त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय महिला पक्राउ
काठमाडौं, असार ४ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन्। 

पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ।

खेमानीलाई मंगलबार राति शारजाहबाट काठमाडौं उत्रिएपछि विमानस्थलको आगमन भन्सार क्षेत्र  नजिकको टनेलबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट १ किलो १५९ ग्राम अर्धठोस स्वरूपको सुन बरामद गरिएको छ। उक्त सुन तीनवटा डल्लाको रूपमा प्लास्टिकले बेरिएको अवस्थामा भेटिएको हो।

खेमानी एयर अरेबियाको उडानमार्फत नेपाल आएकी थिइन्। संकास्पद गतिविधि देखिएपछि जाँच गर्दा सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

हाल उनलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार विभागको जिम्मा लगाइएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालमा पछिल्लो समय त्रिभुवन विमानस्थलबाट ठुलो मात्रामा सुन पक्राउको घटना सार्वजनिक भएको छ । यति हुँदा पनि तस्करहरुले सुन भित्र्याउने काम रोकेका छैनन् । सुनसँगै भरिया पक्राउ हुने गरेको भने पनि सुनको मालिक अहिलेसम्म पक्राउ नहुनुले सेटिङ्गको आशंकालाई बल पुर्याएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार