
लेखनाथ, साउन १४: पोखरामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । बसकी एक महिला कर्मचारीको मृत्यु भएको बताईएको छ । केही विद्यार्थीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२१ फुस्रेखोला नजिक रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । बस सडकबाट करीब ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना थिए । घाइतेहरुलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ ।