
स्कटल्यान्डमा जारी त्रिदेशीय टी-ट्वेन्टी आई शृंखलाको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल स्कटल्यान्डको ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । शृंखलामा नेपालले २ खेल जित्दा स्कटल्यान्टल्यान्डले एउटामा मात्र जित निकालेको छ ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएपछि स्कटल्यान्ड नेपालसँग र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
नेपालले भने पहिलो खेलमा हार बेहोरेपछि दुईमा भने जित निकालेको छ । नेदरल्यान्ड्ससँग तीनपटकको सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्यान्डलाई हराउँदा हिजो (बिहीबार) नेदरल्यान्डसलाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले स्कटल्यान्ड्ससँग टी-ट्वेन्टी फर्म्याटमा दुईपटक मात्र खेलेको छ । जहाँ १ जित र १ हारको नतिजा छ । टी-ट्वेन्टी आईमा भने मंगलबारको खेल नै पहिलो थियो जहाँ नेपाल ६ विकेटले विजयी भयो ।
यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो । टी-ट्वेन्टी आई शृंखला पनि नेपालले जितका साथ सुखद अन्त्य गर्न चाहनेछ ।