काठमाडौं, असार ६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिष्कारकाबीच प्रतिनिधिसभाको बैठक जारी रहेको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ रास्वापाका सांसदहरुले उठेर विरोध जनाए । 

रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । यति हुँदा पनि सभामुखले बैठक जारी राखेपछि  राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ ।

राप्रपाका सांसदहरुले केही दिनदेखि बैठक पनि बहिष्कार गर्दै आएका छन् । त्यसो त रास्वपाका सा‌ंसदहरुले पनि आजबाट बैठक बहिष्कार गरेका हुन् ।

यसैबीच, सभामुख देवराज घिमिरेले आजका लागि तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।