काठमाडौं, असार ६ :

नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले उज्बेकिस्तानमा हुने एसिया कप छनोट खेलका लागि २३ सदस्यीय टिम घोषणा गरेका छन्। नेपालले छनोटमा लाओस, श्रीलंका र आयोजक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

समूह विजेता बनेको टिमले अस्ट्रेलियामा हुने महिला एसिया कपमा स्थान बनाउनेछ। प्रकाशित टिमअनुसार गोलरक्षकमा एन्जिला सुब्बा, उषा नाथ र अञ्जना रानामगर छन्।
डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैशी परेका छन्।

मध्यपंक्तिमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर र सरस्वती हमाल छन्। फरवार्ड लाइनमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेलको सहभागिता रहनेछ।

नेपालले छनोट चरणमा बलियो प्रतिस्पर्धा गर्दै एसिया कपको यात्रा सुनिश्चित गर्ने लक्ष्य लिएको छ।