मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
समाचार प्रदेश बागमती प्रदेश

बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
बीपी राजमार्गमा १५ दिनसम्म राति यात्रुवाहक गाडी चलाउन रोक
काभ्रे, असार ६ :

बर्खामा बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। 

काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा निकायहरूको संयुक्त समन्वयमा शुक्रबारदेखि लागु हुनेगरी आगामी १५ दिनसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म विशेष गरी यात्रुवाहक गाडी चलाउन प्रतिबन्ध लगाइएको हो।

काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्ड विशेष जोखिमयुक्त मानिएकाले सो क्षेत्रमा राति सवारी सञ्चालन नगर्न निर्णय गरिएको हो। एकैछिन पानी परे पनि पहिरो र बाढीका कारण राजमार्ग अवरुद्ध हुने घटना दोहोरिरहेकाले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको सुरक्षा निकायहरूले बताएका छन्।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयले यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गराउन सकिने विश्वास व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार