शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

विपद् पूर्वतयारीमा ध्यान दिन सभामुखको निर्देशन, संसद बैठक शनिबार पनि बस्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ असार, २०८२ मा प्रकाशित
विपद् पूर्वतयारीमा ध्यान दिन सभामुखको निर्देशन, संसद बैठक शनिबार पनि बस्ने
असार ६ :

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्‌प्रति सरकारलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकारलाई पूर्वसावधानी र पूर्वतयारीमा जोड दिन आग्रह गरेका हुन् ।

बैठकमा सांसद ठाकुर गैरेले देशव्यापी रूपमा भइरहेको वर्षाका कारण जनधनको क्षति हुन सक्ने भन्दै सार्वजनिक सूचना र पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरेका थिए।

गैरेले काठमाडौंको धोबीखोलालगायतका स्थानमा आएको बाढीलाई उदाहरण दिँदै सार्वजनिक यातायात सुरक्षित रूपमा सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक असार ७ गते, शनिबार बिहान ११ बजे बस्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार