
असार ६ :
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मनसुनका कारण उत्पन्न हुन सक्ने विपद्प्रति सरकारलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले सरकारलाई पूर्वसावधानी र पूर्वतयारीमा जोड दिन आग्रह गरेका हुन् ।
बैठकमा सांसद ठाकुर गैरेले देशव्यापी रूपमा भइरहेको वर्षाका कारण जनधनको क्षति हुन सक्ने भन्दै सार्वजनिक सूचना र पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
गैरेले काठमाडौंको धोबीखोलालगायतका स्थानमा आएको बाढीलाई उदाहरण दिँदै सार्वजनिक यातायात सुरक्षित रूपमा सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक असार ७ गते, शनिबार बिहान ११ बजे बस्नेछ।