बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

रास्वपाको महामन्त्रीमा बुर्लाकोटी र प्रवक्तामा झा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ असार, २०८२ मा प्रकाशित
रास्वपाको महामन्त्रीमा बुर्लाकोटी र प्रवक्तामा झा
काठमाडौं, असार ७ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ता मनीष झालाई प्रवक्ता बनाएको छ ।

तेस्रो स्थापना दिवसको उपलक्ष्यमा रास्वपाको आज (शनिबार) बसेको केन्द्रीय समिति बैठकले बुर्लाकोटी र झालाई कार्यवाहकबाट पूर्ण जिम्मेवारी दिएको हो । पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि प्रवक्ता र महामन्त्री पद कार्यवाहकका रुपमा थिए ।

बैठकले कार्यवाहक हटाएर बुर्लाकोटीलाई महामन्त्री र आफूलाई प्रवक्ता बनाएको झाले जानकारी दिए ।

शुक्रबार मात्र निर्वाचन आयोगले रास्वपाको महामन्त्री अझै मुकुल ढकाल रहेको अभिलेख सार्वजनिक गरेको थियो । त्यसको भोलिपल्ट शनिबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बुर्लाकोटी र झालाई कार्यवाहकबाट पूर्ण जिम्मेवारी दिएको हो ।

रवि लामिछानले २०७९ असार ७ गते राष्ट्रिय सभागृहबाट राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । तर निर्वाचन आयोगमा दर्ता असार १७ गते मात्र गरिएको थियो ।

यसैबीच पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले शनिबार काठमाडौंको माइतीघरमा मण्डलमा प्रदर्शन गरेको छ । पार्टीका नेता-कार्यकर्ताले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै विरोध जनाएका छन् ।

रास्वपा स्थापनाको तेस्रो वर्ष भएको छ । यस अवसरमा पार्टीका सभापति लामिछानेले पनि आफूविरुद्धका आरोपको खण्डन गरेका छन् । अहिले लामिछाने भने सहकारी मुद्दामा रुपन्देही जिल्ला कारागारमा थुनामा छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार