शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो #प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो
राजनीति भिडियो

राप्रपा र रास्वपाको बहिष्कार, रास्वपा भन्छ- संसद्‌मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ असार, २०८२ मा प्रकाशित
राप्रपा र रास्वपाको बहिष्कार, रास्वपा भन्छ- संसद्‌मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भयो
काठमाडौं, असार ९ :

प्रतिनिधिसभाको सोमबारको बैठकमा पनि भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएका छन् ।

रास्वपा र राप्रपा दुवै दलले आजको बैठक बहिष्कारसमेत गरेका छन् ।

आजको बैठकमा आकस्मिक समयमा रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्‌मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए ।

रास्वपाले सोमबार पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्‍याएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

हेर्नुहोस् प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार