शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो #प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो
राजनीति

मनसुनको जोखिमलाई ध्यानमा राख्दै आवश्यकतानुसार सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी

७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ असार, २०८२ मा प्रकाशित
मनसुनको जोखिमलाई ध्यानमा राख्दै आवश्यकतानुसार सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी
काठमाडौं, असार ९ :

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनमा सम्भावित बाढी, पहिरो र डुबानजन्य जोखिमलाई ध्यानमा राखी आवश्यकतानुसार सवारीसाधन सञ्चालनमा रोक लगाउन पहल गर्ने निर्णय गरेको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको सोमबार बसेको दोस्रो बैठकले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार भारी वर्षाका कारण नदी, खोला, नाला तथा सडक सञ्जालहरूमा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले मौसम पूर्वानुमानको आधारमा सवारीसाधन सञ्चालन नियमन गरिनेछ।

सडक तथा राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरणहरू २४ घण्टा तयारी अवस्थामा राख्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, कम्तिमा १५ दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई निर्देशन दिने तयारी गरिएको छ।

बैठकमा गत जेठ २८ गते बसेको पहिलो बैठकको निर्णय कार्यान्वयनको समिक्षा गरिएको थियो। समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि सबै निकायको एकीकृत प्रयास आवश्यक देखिएको बताइएको छ।

प्राधिकरणले सबै निकायलाई कार्ययोजनाको कार्यान्वयन सुनिश्चित गर्न र त्यसको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउन समेत अनुरोध गर्ने निर्णय गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार