बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार प्रदेश बागमती प्रदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा गर्ने आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा गर्ने आदेश
काठमाडौं, असार १२ :

टिकटकमा राजनीतिक तथा सामुदायिक संवेदनशीलतासम्बन्धी विवादास्पद सामग्री पोस्ट गरेको अभियोगमा पक्राउ परेकी रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ।

न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले असार १३ गते बस्नेतलाई धरौटीमा छाड्न आदेश दिएको हो। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की स्थायी बासिन्दा बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।

३१ वर्षीया बस्नेतमाथि सामाजिक सञ्जाल टिकटकमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थामाथि तथ्यहीन तथा भ्रामक सामग्री सार्वजनिक गर्ने जस्ता आरोप लागेको छ। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको अभियोगमा अनुसन्धान गरिरहेको थियो।

बस्नेतले हालै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीलाई लक्षित गर्दै आलोचनात्मक सामग्री टिकटकमा पोस्ट गरेकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार