शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

२ मोटरसाइकल आपसमा ठोक्किए, बाबुछोरासहित ३ जनाको मृत्यु

दुर्घटनामा मृतककी पत्नीसहित २ जना सख्त घाइते
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
२ मोटरसाइकल आपसमा ठोक्किए, बाबुछोरासहित ३ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
सुनसरी, असार १५ :

सुनसरीको रामधुनी नगरपालिका ७, चतरा-कान्छी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुईजना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

गएराति चतरा-कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को.३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६प ५८६४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय विन्दु यादव छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारका क्रममा सबैको मृत्यु भएको हो ।

दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया पत्नी प्रतीक्षा र विन्दु यादवसँग चढेकी इटहरी ७ की ३६ वर्षीय रमेश चौधरी सख्त घाइते भएका छन् । उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार