
काठमाडौं, असार १६ :
सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सकिएको छ। तर, समितिले अहिलेसम्म स्वीकृति वा अस्वीकृति गर्ने निर्णय गरेको छैन। सांसदहरूका अनुसार, समितिमा सैद्धान्तिक छलफल जारी रहेकोले सोमबार निर्णय सम्भव भएन।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ भएको थियो। आजको बैठकमा भने न्यायाधीशमा सिफारिस शान्तिसिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको सुनुवाइ भएको छ।
सामान्यतः सुनुवाइपछि अनुमोदन वा अस्वीकारको निर्णय लिइने गरिन्छ, तर यसपटक सुनुवाइ सकिएपछि मात्रै सैद्धान्तिक छलफल सुरु भएको सांसदहरूले बताएका छन्।