बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स #किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स
राजनीति शिक्षा

सहमति भइसकेको शिक्षा विधेयक पारितमा किन अलमल ?

मन्त्री पन्त भन्छन्- सरकारले अगाडि बढाउन नचाहेको विधेयक समितिले पारित गरेर पठाउन मिल्दैन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
सहमति भइसकेको शिक्षा विधेयक पारितमा किन अलमल ?
काठमाडौं, असार १६ :

प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

शिक्षामन्त्री रघुजी पन्तको आग्रहमा बैठक स्थगित गरिएको हो । बैठक कहिले बस्ने भन्ने टुंगो छैन।

शिक्षामन्त्री पन्तले परिस्थिति जटिल भएको भन्दै विधेयक पारित नगरी केही दिन छलफलका लागि समय मागेपछि बैठक स्थगन गरिएको हो। उनले बैठक स्थगनको माग गर्नु अघि प्रमुख सत्तारूढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

बैठकमा मन्त्री पन्तले सरकारले अगाडि बढाउन नचाहेको विधेयक समितिले पारित गरेर पठाउन नमिल्ने बताए।

शिक्षक महासंघले असार १५ गतेसम्म विधेयक पारित गर्न दबाब दिँदै आएको थियो । समितिका सभापति अम्मरबहादुर थापाले अहिलेसम्मको सहमतिबाट ब्याक नहुने शर्तमा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार