शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

ताप्लेजुङमा पहिरो : घर पुरिँदा एकै परिवारका ५ घाइते, एकजना सिकिस्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
ताप्लेजुङमा पहिरो : घर पुरिँदा एकै परिवारका ५ घाइते, एकजना सिकिस्त
फाइल तस्बिर ।
ताप्लेजुङ, असार १८ :

ताप्लेजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । एकजनाको अवस्था सिकिस्त छ ।

ताप्लेजुङको सिदिङबा गाउँपालिका ३, खिर्लाबोटेमा गएराति करिब १ बजेतिर आएको पहिरोले हस्तबहादुर कटुवालको घर पुरिएको हो ।

पहिरोले हस्तबहादुरकी ६० वर्षीया पत्नी ठगमाया सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर घाइते भएका हस्तबहादुर, उनका जेठा छोरा जगत, बुहारी सरस्वता र छोरी सम्झनाको अवस्था भने सामान्य छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार