शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

सत्ता गठबन्धनलाई ८४ सम्म लैजानुको विकल्प छैन : गृहमन्त्री लेखक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
सत्ता गठबन्धनलाई ८४ सम्म लैजानुको विकल्प छैन : गृहमन्त्री लेखक
बैतडी, असार १८ :

गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८२ सम्म लिएर जानुपर्ने बताएका छन् ।

डडेल्धुरामा बुधबार पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन् । ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ । सरकार बनेको १ वर्ष हुन थालिसकेको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ । एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ । ८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ,’ उनले भने ।

कांग्रेस र एमालेको गठबन्धन मुलुककै आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ । उनले भने, ‘यहीअनुसार हाम्रा गतिविधि हाम्रा क्रियाकलाप, काम कारबाही हुनुपर्छ । राजनीतिक विषयलाई हामीले ध्यान दिनुपर्छ ।’

यस्तै गृहमन्त्री लेखकले राजनीतिमा षड्यन्त्र हुने गरेको भन्दै पछिल्लो समय आफू पनि राजनीतिक षड्यन्त्रको एम्बुसमा परेको बताए । ‘मान्छेका आ-आफ्नो राजनीतिक उद्देश्य छन् । सरकार र समीकरणलाई कसरी कमजोर गर्ने ? कांग्रेसलाई कसरी कमजोर गर्ने भन्ने कुरा होला,’ उनले दाबी गरे, ‘मेराविरुद्ध राजनीतिक षड्यन्त्र भएको हो । यो कुरा विस्तारै स्पष्ट हुँदै गएको छ । एउटा कार्यालयका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीलाई नै जोड्नुको नियत प्रस्टै छ ।’

सरकार र विपक्षी दलबीचको सहमति अनुसार अध्यागमनमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय समिति बनेको उनको भनाइ छ । यस्तै सुदूरपश्चिमको विकासका लागि सरकार सबै तवरबाट लागि परेको गृहमन्त्री लेखकले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार