
काठमाडौं, असार १८ :
एएफसी महिला एसियन कप छनोट अन्तर्गत श्रीलंका विरुद्धको खेलमा पनि कप्तान सावित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गरेकी छन् ।
खेलको २० औं मिनेटमा अग्रता दुगुना हुँदा साम्बाले बक्स भित्रबाट गोल गरिन्। ४२ औं मिनेटमा रश्मिकुमारी घिसिङको कट ब्याकमा बक्स भित्रबाट साम्बाको उत्कृष्ट भलि गोलमा परिणत भयो।
पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो।
श्रीलंका विरूद्ध नेपाल अहिलेसम्म अपराजित छ। फिफा वरियतामा नेपाल श्रीलंका भन्दा ५९ स्थान माथि छ। नेपाल एक सयौं र श्रीलंका १ सय ५९ औं स्थानमा छ।