
काठमाडौं, असार १९ :
एसीसी पुरुष यू-१६ इस्ट जोन कपको पहिलो सेमिफाइनलमा आज नेपाल र मलेसिया टिमबीच आमनेसामने हुँदै छ ।
मलेसियाको क्वालालाम्पुरस्थित सेलेङगोर टर्फ क्लबमा अहिले पौने ८ बजे सुरु हुने खेलमा समूह चरणको अपराजित नेपाली युवा टोली जितको खोजीमा हुनेछ ।
नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै पहिलो सेमिफाइनल खेल्न लागेको हो ।
समूह चरणमा नेपालले भुटानलाई २९८, इन्डोनेसियालाई ३७० रनले हराएको थियो । जापानमाथि ९ विकेट र सिंगापुरमाथि ६ विकेटको जित दर्ज गरेको थियो । आजको खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र सिङगापुरबीच प्रतिस्पर्धा हुनेछ ।