बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र कर्पोरेट

सुनचाँदी व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन, विलासिता कर खारेजीको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ असार, २०८२ मा प्रकाशित
सुनचाँदी व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन, विलासिता कर खारेजीको माग
काठमाडौं, असार १९ :

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत् सुनमा २ प्रतिशत विलासिता कर र हिरा-पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अगुवाइमा बिहीबार राजधानी काठमाडौंमा व्यवसायीहरूले पसल बन्द गरी विरोध र्‍याली निकालेका हुन्। उनीहरू करसम्बन्धी व्यवस्था तत्काल खारेज गर्नुपर्ने माग राख्दै आएका छन्।

व्यवसायीहरूको मुख्य मागहरूमध्ये सुनको भन्सार दर छिमेकी मुलुक भारतसरह ६ प्रतिशतमा झार्नुपर्ने, सुनचाँदी कारोबारका लागि स्पष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने, तथा समाजको संस्कार र सांस्कृतिक पक्षलाई ध्यानमा राख्दै सुनलाई ‘विलासिता वस्तु’को श्रेणीबाट हटाउनुपर्ने रहेका छन्।

महासंघका महासचिव निरबहादुर धमलाले नेपाली समाजमा सुनलाई सांस्कृतिक एवं सामाजिक रूपमा महत्वपूर्ण मानिने सम्पत्ति भएको उल्लेख गर्दै मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २५४ ले पनि सुनलाई नगद सरहको सम्पत्तिको मान्यता दिएको बताए।

उनले कर नीतिले व्यवसाय नै धरासायी हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्दै सरकारले जनताको भावनालाई बुझेर अव्यवहारिक करको बोझ हटाउनुपर्ने आवश्यकता औंल्याए।

सुनचाँदी व्यवसायीहरूले विरोधका कार्यक्रम जारी राख्दै संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्। कर नहटाए थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी पनि महासंघले दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार