
काठमाडौं, असार २१ :
एसीसी पुरुष यू-१६ इस्ट जोन कपको उपाधिका लागि शनिबार नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदै छ ।
मलेसियाको बाँगीस्थित वाईएसडी यूकेएम ओभलमा अहिले ८ बजे प्रतिस्पर्धा सुरु हुनेछ । यो प्रतियोगितामा सिंगापुरसँग नेपालको दोस्रो भेट हो ।
एकै समूहमा रहेका नेपाल र सिंगापुरबीचको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
प्रतियोगितामा तेस्रो स्थानका लागि पनि शनिबार नै हुने खेलमा थाइल्यान्ड र म्यानमारबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल भने क्वालालाम्पुरको सेनांगर टर्फ क्लबमा हुनेछ ।