बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी #आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी
प्रदेश बागमती प्रदेश

आदिवासी जनजातिको चेतावनी : सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १५ मिनेट अगाडि प्रकाशित
आदिवासी जनजातिको चेतावनी : सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने
काठमाडौं, मंसिर १० :

आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासङ्घले आज संयुक्त रूपमा ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरेका हुन् ।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले निर्देशिकाअनुसार सम्बन्धित समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको थातथलोमा आयोजना सञ्चालन गर्न नपाउने बताए ।

निर्देशिकामा आयोजना निर्माणअघि प्रभावित समुदायका प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने, सम्भावित लाभ र हानिबारे स्पष्ट जानकारी दिनुपर्ने तथा समुदायले आयोजना अस्वीकार गर्न सक्ने व्यवस्था छ । सहमति दिने वा नदिने अन्तिम अधिकार सम्बन्धित समुदायको प्रथाजन्य संस्थामा रहनेछ ।

सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने तथा सहमति प्राप्त भइसकेपछि पनि प्रतिकूल असर देखिए आयोजना स्थगन गर्न सकिने व्यवस्था निर्देशिकामा समेटिएको छ । सहमति प्रक्रियाको सम्पूर्ण खर्च सम्बन्धित आयोजनाले व्यहोर्नुपर्नेछ ।

निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ । कार्यान्वयनका क्रममा उत्पन्न विवाद तथा गुनासो आदिवासी जनजाति आयोगले सुन्ने व्यवस्था पनि गरिएको छ ।

आयोगका अध्यक्ष मगरले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रमा उल्लेखित अधिकार कार्यान्वयनका लागि निर्देशिका आवश्यक भएको बताए । उनले यसलाई सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण तथा संशोधन गर्न सरकारसँग आग्रह गरे ।

नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा ह्योल्मो लामाले महासङ्घले २०७० सालमा तयार गरेको निर्देशिकालाई परिमार्जन र एकीकृत गरी सार्वजनिक गरिएको जानकारी दिए। उहाँले निर्देशिका कार्यान्वयनका लागि राज्य, विकास साझेदार र दातृ निकायको सहकार्य आवश्यक रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार