बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो #रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा सांगठनिक सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयमा छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३६ मिनेट अगाडि प्रकाशित
कांग्रेस केन्द्रीय समिति बैठकमा सांगठनिक सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौं, मंसिर १० :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार पनि सांगठनिक कार्यभार लगाएतका कार्यसूचीमाथि सदस्यहरुले धारणा राखेका छन् । 
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सांगठनिक कार्यभार तथा ‘नेपाली कांग्रेस तयार छ’ अभियान, स्थानीय निर्वाचनको सन्दर्भ, प्रतिपक्षको भूमिका र सरकारको गतिविधिका बारेमा सदस्यहरुले धारणा राखेका हुन् । 

बैठकमा भोटेकोसी तथा बूढीगण्डकी बाढीपीडित र विस्थापित सुकुम्बासीको अवस्था, १५ औँ महाधिवेशनबाट पारित नीति-दृष्टिकोण र समसामयिक मुद्दा जनतामाझ लैजाने विषयमा पनि छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा भातृ संस्थाको सबलीकरण, बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने, नागरिकका दैनिक जीविकाका कठिनाइ सम्बोधन गर्ने र वडा तथा टोल तहसम्म पार्टी परिचालन गरी बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने विषयमा पनि धारणा राखिएको उहाले बताए ।

त्यस्तै उनले एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्नको दुरुपयोग गरी अन्यत्र गतिविधि सञ्चालन भइरहेको भन्दै त्यो दुरुपयोग रोक्न निर्वाचन आयोगलाई आग्रह गर्न आफूले प्रस्ताव राखेको जानकारी दिए । विगतमा रुख चिह्नबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधि तथा पदाधिकारीमध्ये मूल प्रवाहमा नदेखिएका, महाधिवेशन तथा नियमित प्रक्रियामा सहभागी नभएकालाई सचेतका साथै कारवाही गर्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार