बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो #रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश#सातौँ वरीयता#सोबिता गौतम#नागरिक लगानी कोष#निर्देशक पर्वतकुमार कार्की#मिथेनेसन प्लान्ट#१६ दिने अभियान#लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी#हावाहुरी#सुन्तला झार्‍यो
प्रदेश कर्णाली प्रदेश खेलकुद क्रिकेट

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५८ मिनेट अगाडि प्रकाशित
दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी
सर्खेत, मंसिर १० :

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष क्रिकेटमा कर्णाली प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गर्दै कर्णाली प्रदेश विजयी भएको हो ।

प्रतियोगिताअन्तरगत पुरुष फुटबल, पौडी, महिला क्रिकेट तथा बास्केटबल र टेनिस खेलमा निराशाजनक नतिजा निकालेको कर्णालीले पुरुषतर्फको क्रिकेटमा भने पहिलो जीतसँगै उत्साहजनक सुरुआत गरेको छ । आजको खेलमा कर्णालीका विपिन रावलको योगदानले सुदूरपश्चिमलाई छ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

कूल १२८ रनको लक्ष्य पछ्याएको कर्णालीका लागि विपिनले ३५ बलमा ६० रन बनाए । ओपनर दिनेश रावत गोल्डेन डक भएपछि केही धर्मराएको कर्णालीका लागि दिनेश अधिकारीले १५ र मनिष थापा तथा कप्तान रवीन्द्रजङ्ग शाहीले समान १३–१३ रन जोडे ।

टस हारेर पहिला ब्याटिङको निम्ता पाएको छिमेकी टोलीले २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । सुदूरपश्चिमका लागि अभिषेक पालले २८ रन जोड्दा दीपक बोहराको खातामा १८ रन रह्यो ।

सुदूरपश्चिमलाई सुरुदेखि नै दवाबमा राखेको कर्णालीका लागि दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई–दुई विकेट लिएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार