सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

‘जनयुद्धमा भाषण र दर्शनले भन्दा गीत-संगीत र नृत्यले प्रभाव पार्‍यो’

०८४ साललाई क्रान्तिको नयाँ चरणको रुपमा लिएका छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
‘जनयुद्धमा भाषण र दर्शनले भन्दा गीत-संगीत र नृत्यले प्रभाव पार्‍यो’
काठमाडाैं, असार २१ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो २०८४ साललाई नेपाली क्रान्तिको नयाँ चरणमा प्रवेश गर्ने वर्षका रूपमा व्याख्या गरेका छन्। पेरिस डाँडामा  शनिबार आयोजित पार्टीको पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

दाहालले आगामी निर्वाचनमा पनि गीत, संगीत र नृत्यले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे। जनयुद्धताका भाषण वा दर्शनभन्दा बढी प्रभाव गीत, संगीत र नृत्यले पारेको भन्दै उनले यिनै माध्यमबाट आगामी लडाइँ लडिने उल्लेख गरे।

उनका अनुसार महिला, उत्पीडित, आदिवासी र जनजातिका लागि क्रान्तिको झण्डा उठाउँदा सांगीतिक पक्षले नै जनताको चेतनामा गहिरो प्रभाव पारेको थियो । ‘क्रान्तिको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको हो,’ उनले भने।

दाहालले ०८४ सालबाट देशलाई नयाँ चरणतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्दै पार्टीको विजय यात्रा अब पर्साबाट सुरु भएको समेत दाबी गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार