शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
राजनीति

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न ७ सदस्यीय विशेष समिति बन्ने

नामावली सोमबार सार्वजनिक गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न ७ सदस्यीय विशेष समिति बन्ने
काठमाडाैं, असार २१ :

संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादबारे छानबिन गर्न संसदमा ७ सदस्यीय विशेष समिति बन्ने भएको छ।  

कुलिङ पिरियडको प्रावधानमा देखिएको असहमति र गम्भीर प्रश्न उठेपछि यसको विस्तृत छानबिनका लागि समिति गठन गर्न सहमति जुटाइएको हो।

प्रमुख दलका नेताहरूबीच शनिबार भएको छलफलपछि यस्तो समझदारी भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको हो।

बर्तौलाका अनुसार समिति संसदको नियमावलीको दफा १८० अनुसार गठन गरिनेछ। समितिमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २/२ जना, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ जना सदस्य रहनेछन्। समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गरिने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार