शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

देउवाले कुनै समय गिरिजाबाबु र ज्ञानेन्द्रलाई एउटै भन्नुको कारण यस्तो पो रहेछ...

‘गिरिजाबाबुले हिम्मत नगरेको भए, नेपालमा गणतन्त्र सम्भव हुने थिएन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
देउवाले कुनै समय गिरिजाबाबु र ज्ञानेन्द्रलाई एउटै भन्नुको कारण यस्तो पो रहेछ...
काठमाडाैं, असार २१ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनामा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निर्णायक भूमिका रहेको बताएका छन्।

जय नेपाल फाउन्डेसनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले स्व. कोइरालालाई गणतन्त्र ल्याउने सच्चा नेताको रूपमा स्मरण गरे। ‘गिरिजाबाबुले हिम्मत नगरेको भए, नेपालमा गणतन्त्र सम्भव नै हुने थिएन,’ देउवाले बताए।

कार्यक्रममा उनले कोइरालासँगको विगतको राजनीतिक सम्बन्ध, उतारचढाव र व्यक्तिगत संस्मरण पनि सुनाए। ‘उहाँ र मेरोबीच झगडा भइरहन्थ्यो। उहाँले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलेँ,’ देउवाले भने।

देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पद खोसेको र त्यसपछि आफूले गिरिजाबाबु र ज्ञानेन्द्रलाई एउटै भनेको प्रसंग पनि सुनाए । 

उनका अनुसार जेलबाट छुटेपछि गिरिजाबाबुसँग पुनः मेलमिलाप भएको थियो। ‘छुटेपछि उहाँले मिल्नुपर्छ भन्नुभयो। अनि हाम्रो सम्बन्ध फेरि सुधार भयो,’देउवाले सुनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार