
काठमाडौं, असार २२ :
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा १५ जना बालबालिका रहेका छन्। हराइरहेका व्यक्तिहरूको खोजी गर्न सयौं उद्धारकर्मी परिचालित गरिएको छ।
सबैभन्दा बढी प्रभावित क्षेत्र केर काउन्टी हो जहाँ ४३ जनाको मृत्यु भएको छ । हालसम्म करिब ८५० जनालाई उद्धार गरिएको छ। ग्वाडालूपे नदी किनारमा रहेको एक इसाई बाल युवा शिविरबाट २७ बालबालिका अझै हराइरहेका समाचारमा उल्लेख छ ।
हरा२रहेका सबै फेला नपरेसम्म उद्धारको काम जारी रहने केर काउन्टीका शेरिफ ल्यारी लिथाले प्रतिज्ञा गरेका छन् । राज्यका अन्य भागहरू ट्राभिस काउन्टी र टम ग्रीन काउन्टीमा पनि मानिसहरूको मृत्यु पुष्टि गरिएको छ।
टेक्सासको केन्द्रीय क्षेत्रमा यो हप्ताभर धेरै स्थानहरूमा अचानक बाढीको चेतावनी जारी गरिएको छ।